फरार दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित

फरार दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका छन् । मानहानिको मुद्दामा फरार रहेका प्रसाई बिहीबार बिहान सुटुक्क जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

सुटुक्क प्रशासन कार्यालयमा उपस्थित भएका प्रसाईलाई सामान्य बहसपछि साधरण तारेखमा रिहा गरिएको छ । झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको आरोप लगाएका थिए ।

प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए । अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार रहँदै आएका थिए ।