दुर्गा प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

दुर्गा प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईविरुद्ध मुद्दा दर्ता गरेका हुन् । गिरीले २० करोड घुस मागेको आरोप प्रसाईले् लगाएपछि उनले जिल्ला अदालत काठमाडौँमा गाली वेइज्जतीको मुद्दा दायर गरेका हुन्।

विवादित छवी भएका प्रसाईले पुष २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए।

उनले गिरीसंग द्धारिका होटलमा गएर भेटघाट गरेको बताएपनि गिरीले झूटो भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उनले प्रसाईविरुद्ध कानुनी उपचार खोज्ने समेत बताएका थिए ।