काठमाण्डु – काठमाण्डुको कान्तिपथस्थित होटल हेल्लो प्यागोडामा व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ । कार्यक्रममा सहभागी हुन होटलभित्र जाने क्रममा उनीमाथि दुर्व्यवहार भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईंमाथि दुर्व्यवहार भएको बताए । उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने कपडा पनि च्यातिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया