‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’, दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान


काठमाण्डु- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आपत्तिजन शब्दहरु गितमा प्रयोग नगर्न आग्रह गरेको छ ।
गायक दुर्गेशको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ लाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला दोहोरी प्रतिष्ठानले थापालाई गीतमा आपत्तिजन शब्द प्रयोग नगर्न आग्रह गरेको हो ।

धेरै जसोले उक्त गीतले तिजको मर्म माथी नै प्रहार गरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा कतिपयले थापको सो गितलाई नै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, गायक थापाले भने गीत सार्वजनिक गरेका छन् ।

संस्थाको आग्रहलाई बेवास्ता गरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ । सोही गीतको विषयलाई लिएर आईतबार प्रतिष्ठान केन्द्रिय कमिटीको बैठक समेत बोलाइएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

सो गीतको शब्द थापा र राम खत्रीले लेखेका हुन् । संगीत पनि दुर्गेश थापाकै रहेको छ । योगेश काजीले संगीत संयोजन गरेका छन् । अकोस्टिक स्टुडियोमा रेकर्डिङ भएको गीतमा चन्द्र चौधरीले मिक्सिङको काम गरेका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा थापा, काजी, चिरञ्जिबी सापकोटा, सन्तोष बानियाँ, विश्व केसी, रोशन एआर लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement