काठमाण्डु– सरकारले दूतावास र महावाणिज्य दूतावास गरी ६ कूटनीतिक नियोगहरू खारेज गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संघीय संसदको दुवै सदनको बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
उनले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास खारेज गरिएको घोषणा गरे ।
यस्तै चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास खारेज गरिएको छ ।
अर्थमन्त्रीले भारतको विशाखापट्नमस्थित दूतावासको शाखा कार्यालय पनि खारेज गरिएको बताए ।




प्रतिक्रिया