काठमाण्डु – कञ्चनपुरमा ड्युटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत ऐर गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा ड्युटीमा खटिएको अवस्था बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।




प्रतिक्रिया