डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी डीभीको नतिजा प्रकाशित भएको छ ।

काठमाण्डुस्थित अमेरिकी दूतावासले शनिबार राती नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको छ ।

डिभीको नतिजा https://dvprogram.state.gov/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिने दूतावासले जनाएको छ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूले त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा उपलब्ध रहेको दूतावासले जनाएको छ । दूतावासले अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने पनि जनाएको छ ।