आजबाट डिभी खुल्दै, कसरी भर्ने ? (तरिकासहित)

आजबाट डिभी खुल्दै, कसरी भर्ने ? (तरिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले सन् २०२३ का लागि आजदेखि डिभी लोटरी खुला गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार आज बेलुका ९.४५ देखि डिभी लोटरी खुला गर्ने भएको हो ।

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । नक्कली कागजात तथा एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वतः अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।

डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

यो लिंकमा क्लिक गरेर डिभी भर्नुहोस् ।