काठमाडौं– सत्तारुढ दलका नेताहरुको दबावमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी नारायण चिमौरियाको सरुवा भएको छ । डिएसपी चिमौरिया गत साउनमा सरुवा भएर सोलुखोम्बु गएका थिए । गृहमन्त्रालयले उनको ठाउंमा टेकुनन्द इवा लिम्बुलाई जिम्मेवारी दिएको छ । जिल्लाका संघिय सांसद हेमकुमार राई, प्रदेश सासंदहरु उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीको दबावमा चिमौरियाको सरुवा भएको हो ।
गत माघ ४ मा सोलुखुम्बुको पातलेमा राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्न जाने क्रममा तिंगला ११ का स्थानिय वासिन्दासंग झड्प भएको थियो इन प्रशारण लाइनको शवस्टेशन तिंगलामा रहेको छ । आफ्नो गाउंलाई अधेरोमा राखेर प्रशारण लाइन वन्न नदिने अडान लिएपछि झड्प भएको थियो ।
विद्युत प्राधिकरणका प्रमुख समेत बिवाद भएपछि उक्त कार्यक्रममा उपस्थित थिएनन् । प्रहरीले कार्यक्रम नगर्न सुझाव दिएपनि जिल्लाका माननियहरुले प्रशारण लाइन जसरी पनि उद्घाटन गर्ने अडान लिएपछि झड्प भएको थियो । झड्पमा परी डिएसपी चिमौरिया समेत घाईते भएका थिए ।तिंगला ११ का स्थानिय वासिन्दाले संघिय सांसद र प्रदेश सांसदहरु भएकै ठाउंमा ११ मोटरसाइकल र गाडी समेत जलाएका थिए । तिंगलाबासीले यसअघि भएको स्थानिय र संघीय निर्वाचन समेत बहिस्कार गरेका थिए ।
उनलाई सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप लगाइएपनि सत्तारुढ दलका नेताहरुको आदेश नमानेको आरोपमा सरुवा भएको गृह स्रोतको दाबी छ । ‘जिल्लाका नेताहरुको उहां (डिएसपी) को सम्बन्ध राम्रो थिएन् । अहिले तिंगला घटनालाई कारण बनाएर सरुवा गरिएको हो ।’ स्रोतले भन्यो ।




प्रतिक्रिया