मातृका यादवको दबावमा डिएसपीको सरुवा भएको भन्दै प्रर्दशन


सिरहा– डिएसपी सरुवाको विरोधमा सिरहामा उद्योग बाणिज्य तथा आपुर्तिमन्त्रि मातृका प्रसाद यादबको पुत्ला दहन भएको छ । मन्त्री यादवले पदीय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उनको विरोधमा पुत्ला दहन गरेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्काले मन्त्री यादवको आदेश पालना नगरेको भन्दै उनको सरुवा भएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मन्त्री यादवको दबावमा उनलाई मिर्चैयाबाट फिर्ता बोलाएका थिए । पछिल्लो समय महानिरीक्षक खनाल राजनितिक दबाव सामु नतमस्तक हुंदै आएको गुनासोल प्रहरीभित्र छ ।

डिएसपी खड्काको सरुवा रोक्न माग गर्दै स्थानिय नागरिक समाजले पुर्बपश्चिम लोकमार्ग स्थित मिर्चैया नगरपालिका ६ कटारी चौकमा मन्त्रि यादबको पुत्ला दहन गर्दै प्रर्दशन गरेका हुन ।

नागरिक समाजका प्रतिनिधिहरुले डिएसपी खड्काको सरुवा नरोके थप आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement