अण्डाकाे भाउ पसल पिच्छे फरक, एकरूपता ल्याइने

अण्डाकाे भाउ पसल पिच्छे फरक, एकरूपता ल्याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं- देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ ।

अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवश्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकविच छलपल गरी सो कुराको जानकारी गराएको हो ।

अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट  २५५ र मध्यम अण्डाको प्रति क्रेट  १७० भए पनि ठाउँअनुसार मूल्यप्रति क्रेट ३० देखि ४० रुपैंया फरक रहेको संघको ठहर छ ।

देशैभर अण्डाको मूल्यमा एक रुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उतपादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसिले बताए।

यता नेपाल अण्डा वितरक संघका महासचिव सुर्यमान शाक्यले भने ३ प्रतिशत भन्दा कम मुनाफामा अण्डा विक्रि वितरण गर्न नसकिने बताए। मकैको मूल्य वृद्धि भएको वहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुशारको अण्डाको मूल्य पाउन सकेका छैनन् । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैंया लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैंया भन्दा पाउन सकेका छैनन् ।।