काठमाण्डु – इलाम केन्द्रविन्दु भएर शनिबार भूकम्पको धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ ६:५० बजे ५ म्याग्नेच्युडको भूकम्प भएको छ ।
यसअघि गत पुस १९ गते उदयपुरको बागापति आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्नेच्युडको भूकम्प भएको थियो ।




प्रतिक्रिया