काठमाण्डु – म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ ।
त्यसअघि मंगलबार बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीकै मुना आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैदिन बिहान ६ बजेर १३ मिनेटमा म्याग्दीको देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।
आजै बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीकै डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । कम्पनको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।




प्रतिक्रिया