अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या बढ्दो

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

हालसम्म कम्तीमा ८१२ जनाको मृत्यु भएको भने २ हजार ८१७ जना घाइते भएको पुष्टि भएको छ ।

स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ ।

अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तीमा ८१२ जनाको मृत्यु भएको र २ हजार ८१७ जना घाइते भएको पुष्टि गरेको छ । मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्नेछ ।

‘हामीले सबैथोक गुमायौं । मेरा २ छोराको भूकम्पमा खुट्टा भाँचियो । हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका वासिन्दा खयात खानले भने ।

‘हिजो राति भूकम्पमा मेरो परिवारका २ सदस्यको मृत्यु भयो । हाम्रो घर पूर्ण रूपमा ध्वस्त भयो । हामीलाई आश्रय र आवश्यक सहयोग चाहिएको छ,’ प्रान्तका अर्का पीडित नेलातुल्लाहले भने । प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ । (सीसीटीभीप्लस)