इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डोनेसियाको सुलावेसी टापुको तटमा शक्तिशाली भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट अहिलेसम्म क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा रहेको थियो । इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्कानिक प्लेटहरूको चालका कारण भूकम्प जान्छ ।

जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा एक सयभन्दा बढीको मानिसको मृत्यु भएको थियो । हजारौँ नागरिक घरबारविहीन भएका थिए । यस्तै, २०१८ मा सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो ।

२००४ मा आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसका कारण इन्डोनेसियामा एक लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।