भूकम्प अपडेट : क्षति विवरण संकलन हुँदै

भूकम्प अपडेट : क्षति विवरण संकलन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षति विवरण संकलन सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका अनुसार भूकम्पको क्षति विवरण संकलन सुरु गरिएको हो । प्रहरीले अहिलेसम्म मानवीय र भौतिक क्षतिको जानकारी नआएको जनाएको छ ।

जिल्ला प्रसाशन कार्यालयले पनि क्षतिबारे बुझ्ने काम भइरहेको जनाएको छ ।

शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का देशका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भूकम्पको धक्का महसुस गरिए पनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् ।

थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए ।

दुगुनागडीमा सामान्य पहिरो गएको उल्लेख गर्दै उनले प्रहरी चौकीको भवन पनि सामान्य चर्केको उनले बताए । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।