जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प

जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापान – जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।

मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।