भूकम्पका कारण फिलिपिन्समा ८ जनाको मृत्यु

भूकम्पका कारण फिलिपिन्समा ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनिला –  फिलिपिन्सको सुदूर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार भूकम्पका कारण अरु दर्जनौं घाइते भएका छन्।

उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन्। बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिस घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ। टापु नै टापुहरु रहेका बातान्स प्रान्तमा ४ घन्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो। पहिलो भूकम्प स्थानीय समयानुसार बिहान ४.१५ मा गएको थियो।

भूकम्पपछि सुनामी आउन सक्ने सम्भावना नदेखिएको अधिकारीहरुले बताएका छन्। अहिले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। धेरै भूकम्प आउने देशमा पर्ने फिलिपिन्समा भूकम्पमा परी अहिलेसम्म झन्डै ६० जना घाइते भेटिएको मेयर राउल डे सागोनले जानकारी दिए। एएफपी