भूकम्पपछि बन्द तातोपानी नाका आगामी मेदेखि सञ्चालनमा आउने

भूकम्पपछि बन्द तातोपानी नाका आगामी मेदेखि सञ्चालनमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । बिहिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मे महिनाबाट तातोपानी नाका खुल्ने बताएका हुन् ।

तीन वर्षअघिको भूकम्पका कारण चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएको थियो। मितेरी पुलसम्म पुग्न नेपालले आफ्नो तर्फ सडक निर्माण कार्य सकेपछि नाका खुला हुने उनले जानकारी दिए। चीन तर्फको भन्सार कार्यालय भने न्यालममा रहनेछ। खासा वरपर भूकम्पले ठूलो क्षति पुर्याएका कारण चीनले त्यहाँको बस्ती नै सारेको छ।

०७१ सालमा सिन्धुपाल्चोकको राम्चेमा गएको जुरे पहिरो, ०७२ सालको विनाशकारी भूकम्प र भोटेकोशीमा आएको बाढीपछि तातोपानी नाका बन्द रहेको थियो । हाल चीनसँग व्यापारका लागि रसुवागढी-केरूंग नाका मात्र सञ्चालनमा छ।