पूर्वी नेपालमा ५ दशमलव ५ म्याग्निच्युड भूकम्पको धक्का

पूर्वी नेपालमा ५ दशमलव ५ म्याग्निच्युड भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार बिहान पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा महसुस गरिएकोे छ ।

नेपाली समयअनुसार बिहान १० बजेर ४० मिनेटमा भूकम्प गएको थियो। भारतको असामस्थित कोक्राजरलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चाजरमाध्यमले जनाएका छन्।

सिलिगुडी, गुहाटी, बिहार लगायतका स्थानमा ठूलै धक्का गएको थियो। पश्चिम बंगालका साथै अरुणाञ्जल प्रदेशमा पनि यसको असर परेको थियो। बंगलादेशमा पनि यसको महसुस गरिएको छ।