काठमाण्डु – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आइतबारदेखि मलेसियामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ ।
टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् । १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह एमा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
यस्तै समूह बीमा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।
प्रतिक्रिया