काठमाडाैँ— चालू आर्थिक वर्ष ०७६-०७७ काे को पहिलो महिना साउनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् । याे अवधिमा शोधनान्तर बचतमा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ। जबकि डेढ बर्षदेखि साेधनान्तर ऋणात्मक थियाे। राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै ६ अर्ब ५ करोड शोधनान्तर बचतमा रहेको उल्लेख गरेको हाे।
एक महिनाकाे अवधिमा आयात घटेकाे छ, भने निर्यात बढेकाे छ। जुन सकारात्मक सन्देश हाे। निर्यात २७.७ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड भएको छ। आयात अघिल्लो बर्षको साउनको तुलनामा साढे ११ प्रतिशतले घटेर १०६ अर्ब ७३ करोड कायम भएको छ। अघिल्लो बर्ष ५४ प्रतिशतले आयात बढेको थियो।
डौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको छ । विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक वर्ष २०७५/७६ को अन्तिम महिना ८.९ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति थियो । तर आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा बढेकाे हाे।
थाहा पाउनुहाेस् एक महिनाकाे अर्थतन्त्रकाे अवस्था
-आयात ११ दशमलव ५ प्रतिशतले घटेको छ भने निर्यातको वृद्धिदर २७ दशमव ७ प्रतिशत रहेको
-विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २ प्रतिशत र अमेरिकी डलरमा शून्य दशमलव ७ प्रतिशतले बढेको
शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँ बराबरले बचतमा
-कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६४ अर्ब ६४ करोड –
-संघीय सरकारको खर्च २ अर्ब ६२ करोड र राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ
-वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६ दशमलव ३ प्रतिशतले बढेको
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव ९ प्रतिशत र कर्जाको वृद्धिदर १९ दशलमव २ प्रतिशत
मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत




प्रतिक्रिया