अर्थमन्त्री खतिवडा भन्छन् – नेपालले आयातमा अझै जोड दिनुपर्छ

अर्थमन्त्री खतिवडा भन्छन् – नेपालले आयातमा अझै जोड दिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले देशको उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले आयातमा अझै जोड दिनु परेको बताएका छन् । अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तर्रा्ष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे ।

उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने पनि स्मरण गरे । विश्व बैंक र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशले अन्तर्रा्ष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारीकरण गर्नुपर्नेमा पनि जोड दिए ।

उनले दक्षिण एसियामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क पनि गरे । अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि जानकारी दिए । प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढदै गएको उल्लेख गरिएको छ ।