काठमाण्डु – अर्थ मन्त्रालयले बजेट पास गराएर मात्र खर्च गर्न स्थानिय तहहरुलाई सचेत गराएको छ । स्थानिय तहले असार १० गतेसम्म गाउँ/नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य कार्यक्रम समावेश गरेर बजेट स्वीकृत गर्ने र खर्च गर्नुपर्ने कानुनी व्यवस्थालाई पालना गर्न सम्बन्धीत स्थानिय तहहरुको ध्यानाकर्षण गराएको हो ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले तोकेभन्दा बाहिर गएर बजेट नल्याउन र खर्च नगर्न पनि अर्थ मन्त्रालयले आग्रह गरेको छ । असार १० गतेभित्रै बजेट पेस गनुपर्ने र त्यसको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणालीमा इन्ट्री गर्नुपर्नेमा अझै दुई सय ८४ पालिकाले इन्ट्री गरेका छैनन् ।




प्रतिक्रिया