आर्थिक सर्वेक्षण सार्वजनिक :आर्थिक वृद्धिदर ७ प्रतिशत, गरिबी घट्यो

आर्थिक सर्वेक्षण सार्वजनिक :आर्थिक वृद्धिदर ७ प्रतिशत, गरिबी घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५-७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरे। उनले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने दावी पनि गरे।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत र ८ महिनाको औसत मुद्रास्फिति दर ४.२ प्रतिशत रहेको उल्लेख छ। प्रतिव्यक्ति आम्दानी बढेर एक हजार ४७ अमेरिकी डलर पुग्ने अनुमान छ । प्रत्येक नेपालीले वर्षमा औसतमा कम्तिमा १ लाख १७ हजार रूपैयाँ आर्जन गर्छन्। प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रूपैयाँ पुगेको अनुमान छ। त्यस्तै कुल ग्रार्हस्थ उत्पादनको १०–१२ प्रतिशत बचत हुँदै आएकोमा चालु आर्थिक वर्षमा बचत बढेर २० प्रतिशत पुग्ने बताइएको छ। यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको आर्थिक सर्वेक्षण्मा उल्लेख छ ।

चालु आर्थिक वर्षमा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ अर्ब ५७ अर्ब रूपैयाँ हुने अनुमान छ। कुल गार्हस्थ बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीको अन्तर बढ्दै गएको छ। त्यस्तै फागुनसम्मको कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ । यस्तै चालू आर्थिक वर्ष कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको छ । कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको पनि उल्लेख गरिएको छ ।

आर्थिक सर्वेक्षणका बुँदा :