आकस्मिक गर्भनिरोधक चक्की ई–कन अब एउटै चक्कीमा

आकस्मिक गर्भनिरोधक चक्की ई–कन अब एउटै चक्कीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सीआरएसद्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की e-con अब एक चक्किमा बजारमा उपलब्ध छ । बिगतमा ई e-con एक चक्की खाई सकेपछी अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १.५ एमजी लेभोनोरजेसत्रेल कम्पोजीशनमा e-con एक चक्किमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ ।

असुरक्षीत यौन संपर्क भएको १२० घण्टाभित्रको समयमा जती सक्दो चाँडो e-con खाइयो, त्यती नै बढी यो प्रभाबकारी रहन्छ । e-con आकस्मिक गर्भ निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एचआईभी र अरु यौनजन्य रोगहरु सर्नबाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ ।