सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६दशमलव ३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६दशमलव ३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६।३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले आज ‘नेपाल म्याक्रोइकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने वृद्धि, निजी क्षेत्रको सबल लगानी तथा ठूला भौतिक पूर्वाधारको विकास तथा विस्तारले पनि आर्थिक वृद्धिदरलाई बढावा दिने बैंकले जनाएको छ ।

बैंकले सामान्य मनसुन, ठूला भौतिक पूर्वाधारको योजनाले गति लिएको, पर्यटक आवागमनमा भएको वृद्धिजस्ता कारणले नेपालको आर्थिक विकास र विस्तारलाई समेत थप बल पु¥याउने एडीबीका देशीय निर्देशक मुख्तोर खामोदखानोभले बताउनुभयो । गत आवमा सरकारले ८।२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको भए पनि ७।७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

बैंकले सन् २०२० मा औद्योगिक क्षेत्र ७।९ प्रतिशतले विस्तार हुने तथा औद्योगिक उत्पादनमा वृद्धि हुनेसमेत स्पष्ट पारेको छ । ठूला भौतिक पूर्वाधारसहित विद्युत् वितरणमा आएको सुधार, लगानीमा हुने विस्तारले नेपालको आर्थिक वृद्धिलाई टेवा पु¥याउने बैंकको भनाइ छ ।याे खबर समाचापत्रमा छ ।