काठमाण्डु – संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल निर्वाचित भएको छ।
बिहीबार निर्वाचित भएसँगै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेका छन् ।
अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि यो ऐतिहासिक क्षण भएको कार्यभार सम्हालेपछि थापाले बताए ।
दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसका लागि अहिलेसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले विज्ञप्तीमार्फत् जनाएको छ।
इकोसकमा नेपाल निर्वाचित भएपछि बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा नेपालले जोड दिने पनि थापाले बताएका छन् ।
इकोसकको उपाध्यक्षमा अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनियााद निर्वाचित भएका छन्।





प्रतिक्रिया