काठमाण्डु – सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विनियोजन भएको जनाकारी दिए ।
२ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याइने पौडेलको भनाइ छ । उनले १५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने पनि बताए ।




प्रतिक्रिया