उच्च शिक्षापछि पनि मानिस किन भीख माग्छन् ?

उच्च शिक्षापछि पनि मानिस किन भीख माग्छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको उडिसाको शहर पुरीमा जिल्ला प्रशासनले भिखारी मुक्त अभियान सुरु गरेको छ । त्यहाँ भीख माग्ने सबै मानिसलाई पुनर्वासका लागि बनाइएको निलाद्रि निलयोमा स्थानान्तरित गरिने छ । यी पुनर्वास केन्द्रमा उनीहरुलाई निःशुल्क खाना, कपडा, ओछ्यान, चिकित्सा तथा अन्य सबै सुविधा उपलव्ध गराइन्छ । यसको खर्च सरकारको तर्फबाट चुनिएका पाँच एनजीओले गरिरहेका छन् ।

साथै यी गैर सरकारी संगठनले भिखारीको पहिचान गर्नका लागि समाज कल्याण अधिकारीको सहयोग लिइरहेका छन् । पुरीका जिल्ला अधिकारी बलवन्त सिंहले बीबीसीलाई भने, “उनीहरको खर्चका लागि सरकारको तर्फबाट छानिएका पाँच एनजीओलाई प्रति व्यक्ति ३४०० भारु मासिक दिइनेछ ।”

उनले भने, “यो पुरीलाई एक हेरिटेज शहर बनाउन गत वर्ष सुरु गरिएको एक योजनाको हिस्सा हो । एक विस्वसनीय हेरिटेज शहरमा भिखारी हुनु ठिक हुँदैन । यसैले हामीले यो अभियान सुरु गर्यो । हाम्रो कोशिश यो छ कि उनीहरुलाई सधै भिक्षवृत्ती दिइने छ र सम्भव भएसम्म उनीहरुको परिवारलाई जिम्मा लगाइने छ ।”

यो बेस क्याम्पको संचालिका लोपामुद्रा पाइकरायले भनिन्, “३ मार्चदेखि सुरु भएको यो अभियानको पहिलो पाँच दिनमा कुल १४६ भिखारीलाई यहाँ ल्याएको छ ।” जिल्ला समाजिक सशक्तिकरण अधिकारी त्रिनाथ पाढीका अनुसार शहरमा करिब ७०० भिखारी छन् ।

धरित्री चटर्जी

बेस क्याम्पमा धरित्री चटर्जीसँग भेटिएपछि अचम्म लाग्ने दृश्य नजर आयो । गोरो शरीर, तीखो आखा, काटिएको कपाल र खरर अंग्रेजी बोल्ने यी ५४ वर्षीया महिला कुनै पनि दृष्टिकोणबाट भिखरी लाग्दैनथिइन् । तर कालीघाट, कोलकाताकी यी महिला जगन्नाथ मन्दिरमा भिक्षा माग्दै गरेको पाइयो र उनलाई पुनर्वास केन्द्रमा लगियो ।

धरित्री भन्छिन्, “प्रभु जगन्नाथ प्रति मेरो मनमा सानैदेखि एक अद्भुत आकर्षण थियो । आफ्नो सांसारिक जिम्मेवारी पुरा गरेपछि गत मे महिनामा चक्रवात फोनीको समयमा पुरी आए र यही बसेँ ।” उनी विवाहित हुन् । उनको एक २२ वर्षको छोरा पनि छ । शास्त्रीय संगीतमा निपुर्ण उनी कुनै समयमा भेलोरको सीएमसी अस्पतालमा काम गर्थिन ।

श्रीजीत पाढी

पुरीमा शिक्षि भिखारीको यो एक मात्र उदाहरण होइन । जगन्नाथ मन्दिरमा भीख माग्दै गर्दा पाइएका अर्का श्रीजीत मेधावी विद्यार्थी थिए । उनले कटक रेभेन्सा कलेजबाट राम्रो अंकका साथ अर्थशास्त्रमा एमए गरेका छन् ।

उनको खोजतलास गर्दा उनलाई फेला पारियो । उनी पोस्ट ग्रेजयट हुन् र कुनै समयका राम्रा विद्यार्थी पनि हुन् । उनको लवाई गराइ हेर्दा उनी लामो दाह्री, मैलो कपडा र पागल जस्ता देखिन्थे ।

उनलाई पहिला पुरी जिल्ला अस्पतालमा भर्ना गरियो । यहाँ उनलाई एससीबी मेडिकल कलेज र अस्पतालको मानसिक रोग विभागमा पठाइयो । उनी लोकसेवाको परीक्षामा असफल भएपछि यो स्थितिमा पुगेका रहेछन् ।

लक्ष्मीप्रिया मिश्र

धरित्री तथा श्रीजीत जस्तै उच्च शिक्षा हासिल गरेपछि भिखारी बनेकी अर्का व्यक्ति हुन् लक्ष्मीप्रिया मिश्र । उनी पनि अंग्रेजी खरर बोल्छिन् । साथै संस्कृतका कयौं श्लोक पनि राम्रोसँग पाठ गर्छिन् ।

उनको भेशभूषा हेरेर उनले कुनै समयमा पुरी बालिका विद्यालयमा पाँच वर्षसम्म शिक्षिकाको रुपमा काम गरेकि थिइन् भन्ने अन्दाजनै लगाउदैनन् ।

उनले कुनै समयमा गुजरात तथा इथियोपियाको स्कूलमा भौतिकशास्त्र, रसायनशास्त्र र गणित पढाउने गर्थिन् । आफ्नो एक मात्र छोरा गुमाएपछि उनको मानसिक सन्तुलन बिग्रियो र भीख माग्न थालिन् ।

उच्च शिक्षापछि पनि मानिस किन भीख माग्छन् ?

अभियानका सल्लाहकार सिद्धार्थ राय भन्छन्, “यसको कयौ कारण हुन सक्छ । एक अभिलाषा, लक्ष्य तथा उपलब्धिमा अत्यन्त फरक । जब कसैलाई आफ्नो क्षमता अनुसारको प्राप्ति हुदैन, उनीहरुलाई हतास मनस्थितिले घेर्छ । श्रीजीत पाढी पनि यही वर्गमा पर्छिन् ।”

दोस्रो कारणमा हाम्रो पारिवारिक, सामाजिक तथा वृत्तिगत जीवन व्यवस्थाको त्रुटीका कारण मानिस एक सामान्य जिन्दगी बाँच्न खोज्छ । रायका अनुसार केही मानिस आध्यात्मिक कारणले यस्तो गर्छन । किनकी हिन्दु धर्ममा भिक्षालाई धार्मिक मान्यता मिलेको छ । केही व्यक्ति पलायनवादी भएकाले पनि यसो हुने गर्छन् ।