काठमाण्डु– प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुंगिएका विषय टुंगो लगाउनका लागि ५ दिनको समय दिएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिन भित्र सरकारले विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन निर्देशन दिएका हुन् ।
आइतबार समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहमति नजुटेका विषयमा सहमति जुटाउनका लागि समय मागेका थिए ।
शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ समिति सभापतिलाई सहमति जुटेपछि बैठकको मिति जानकारी गराउने बताएका छन् ।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो ।
प्रतिक्रिया