काठमाडौं – सरकारले शिक्षा क्षेत्रमा ८ अर्ब बजेट बढाएको छ । शिक्षातर्फ १ खर्ब ७१ अर्ब बजेट विनियोजन भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै दिवाखाजाबाट सामुदायिक विद्यालयका २८ लाख बालबालिका लाभाम्वित हुने बताए ।
त्यस्तै सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ ।
चालू वर्षका लागि यस्तो बजेट १ खर्ब ६३ अर्ब विनियोजन गरिएको थियो ।




प्रतिक्रिया