काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।
चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्नेबारे डा केसीसँग गहन छलफल भएको मन्त्री पौडेलले बताए ।
डा केसीका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने उनले बताए । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए ।




प्रतिक्रिया