सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशामा लाग्नुस्ः शिक्षामन्त्री पोखरेल

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशामा लाग्नुस्ः शिक्षामन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएको बताएका छन् ।

सोमबार खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा्स्थित शारदा माविको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताए ।

उनले विद्यालय जागिर मात्रै खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताए । कतिपय शिक्षकले विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेका आरोप लगाउँदै पोखरेलले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिए ।

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको बताए । ‘अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ’, उनले भने, ‘१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेशा अँगाल्न गक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ । त्यसका लागि हामीले प्राविधि शिक्षामा जोड दिएका छौँ ।’

‘सबैभन्दा राम्रा मान्छे शिक्षण पेशामा आउनुपर्छ’, शिक्षकहरुप्रति लक्षित गर्दै उनले भने, ‘सक्नुहुन्छ भने शिक्षण पेशा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस् ।’

विभिन्न कार्यक्रममा सहभागी हुन आफ्नो गृहजिल्ला पुगेका मन्त्री पोखरेलले आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उनले स्थानीय सरकारलाई आग्रह गरे ।