शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजनामा सुरु भएको १० दिने तालिम सम्पन्न

शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजनामा सुरु भएको १० दिने तालिम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अनलाइनमा आधारित शिक्षकको पेशागत विकास तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, धुलिखेलका प्रमुख डा. तोयानाथ खनालको संयोजकत्वमा सुरु भएको १० दिने तालिम सम्पन्न भएको हो ।

कार्यक्रम समापनमा बोल्दै शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुइँटेलले ताालिममा सहभागी शिक्षकहरुलाई आफूले तालिमका क्रममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरेका थिए । उनले तालिम सञ्चालन गर्ने शिक्षा तालिम केन्द्र, धुलिखेल र तालिममा सहभागी शिक्षकहरुलाई धन्यवादसमेत दिएका थिए ।

‘तालिमले शिक्षकलाई समस्यासँग जुध्न सिकाउँछ । तालिम सिक्दै जाने प्रक्रिया हो । यसलाई विद्यार्थीमाझ कार्यान्वयन पनि गर्नूहोला’, उनले भने ।

समापन कार्यक्रममा बोल्दै डा. खनालले तालिममा सहभागी शिक्षकहरुलाई धन्यवाद दिएका थिए । डा. खनालले वैशाखबाट सुरु भएको अनलाइन तालिम तालिममा हालसम्म ४४० जना शिक्षक र प्रधानाध्यापकहरु सहभागी भएको बताए । उनले तालिम लिएका शिक्षकहरुलाई तालिममा सिकेका कुराहरुलाई विद्यार्थीमाझ पस्किन पनि आग्रह गरे ।

‘बन्दाबन्दीकाबीचमा गरिएको अनलाइन तालिम आगामी दिनमा पनि सञ्चालन गरिन्छ । यो तालिमलाई लकडाउनमा समय व्यतित गर्ने रुपमा मात्र लिएका छैनौं । यसलाई अवसरमा बदल्नुहुन पनि म शिक्षक साथीहरुलाई आग्रह गर्न चाहान्छु’, उनले भने ।

तालिम समापनमा शिक्षकहरुले तालिमका क्रममा सिकेका अनुभवहरु प्रस्तुत गरेका थिए । उनीहरुले कक्षा कोठामा विद्यार्थीलाई अध्यापन गराउन नपाए पनि यो अनलाइन तालिमबाट आफूहरुको क्षमता अभिवृद्धि भएको भन्दै खुसी व्यक्त गरेका थिए ।