काठमाण्डु – अमेरिकी डिभी चिठ्ठा (डाइर्भसिटी भिसा डिभी)को नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
विजेताहरूले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानुन अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरूले पनि आवेदन दिएका छन् ।
गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी खुला भएको थियो । वेबसाइटमा गएर यसअघि फाराम भर्दा उपलब्ध कन्फर्मेशन नम्बर राखेर नतिजा हेर्न सकिनेछ । २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न सल्लाह दिइएको छ ।
कसरी हेर्ने नतिजा ?
डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्नेछ । यी सूचनासहित अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको यो लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ ।
कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।
अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ।
अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो।
प्रतिक्रिया