१० तस्बिरमा हेर्नुस् ईद-उल-फित्र

१० तस्बिरमा हेर्नुस् ईद-उल-फित्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इस्लाम धर्मावलम्बीहरूले शनिार इद–उल–फित्र मनाउँदैछन्। पवित्र रमजान महिनाभर रोजा बसेपछि चन्द्रमा देखिएसँगै इदको पर्व मनाउने परम्परा छ।

इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको स्मरणमा यो पर्व विशेष रूपमा मनाइने गरिन्छ।

ईदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम समुदायले विगतका मनमुटाब बिर्सेर एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्छन्।

३० दिनसम्मको उपासनापछि अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दै मिठाई साटासाट गर्ने, उपहार दिने र प्रेम बाँड्ने चलन रहेको छ

नेपालमा पनि मुस्लिम समुदायले उल्लासका साथ ईद मनाएका छन्। काठमाण्डु लगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ।

नमाजपछि एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गरिएको छ भने बालबालिकादेखि वृद्धसम्म नयाँ लुगा लगाएर उत्सवमा सहभागी भएका छन्।