इजलासमा कानुन व्यवसायीलाई कडाइ

इजलासमा कानुन व्यवसायीलाई कडाइ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुद्दा व्यवस्थापन पद्धती विकास अध्धयन समिति अब इजलासमा कानुन व्यवसायीका लागि समय सूचक यन्त्र व्यवस्था गरी बहस सुचार गर्नुपर्ने सुझावसहितको मस्यौदा तयार पारेको छ।

लामो समय एउटै मुद्दाले अरु पेसीमा बहस हुनै नसक्ने परिपाटी हटाउन समितिले कानुन व्यवसायीका लागि इजलासले समय सूचक व्यवस्था गर्ने गरी सुझाव दिएको हो। गत साता सर्वोच्चमा भएको कार्यक्रम मुद्दा व्यवस्थापन समिति अध्ययन समितिका संयोजक श्रीकान्त पौडेलले मुद्दा व्यवस्गापन नगरे अदालतमा कार्यबोझ बढ्ने बताएको छ।

समय सूचकको व्यवस्था नहुँदा अदालतमा एउटै मुद्दाले अन्य मुद्दा पर धकेलिने परिस्थिति बनेको पौडेलको भनाइ थियो। यो खबर आजको राजधानी दैनिकमा छ ।