एकल महिला र अपांगता भएकालाई भत्ता दिन ऐन संशोधनको तयारी

एकल महिला र अपांगता भएकालाई भत्ता दिन ऐन संशोधनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एकल महिला र अपांगता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएपछि सरकारले ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।

सामाजिक सुरक्षा ऐनमा रहेको प्रावधानका कारण हालसम्म पाईआएको एकल महिला र अपांगता भत्ता वितरणमा केहि व्यक्ति छुट्न जाने भएकोले गृहमन्त्रालयले ‘पहिले खाइपाइ आएकाहरुलाई सम्बोधन गर्ने गरी ऐन संशोधनको प्रक्रिया अघि बढाइएको हो ।

सामाजिक सुरक्षा नियमावली २०७६ साल चैत ३ गते राजपत्रमा प्रकाशित भएपछि एकल महिला र अपांगता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट केहि व्यक्तिहरु छुट्ने अवस्था सृजना भएको थियो ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले सुरुमा कार्यविधिअनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । कार्यविधिअनुसार सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेला २०७५ असोज २ गते सामाजिक सुरक्षा ऐन आयो ।  ऐनमा पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई मात्र लाभग्राहीमा राखिएको थियो ।

पहिले खाइपाइ आएकाहरुलाई सम्बोधन गर्ने गरी ऐन संशोधनको प्रक्रिया अघि बढाइसको छ। यही संसदबाट ऐन संशोधन भएर आएपछि छुटेकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनेछन् ।’ कोरोना संक्रणको यो जटिल अवस्थामा खाईपाई आएको भत्ता रोक्न नहुने ठहर गर्दै गृहमन्त्रालयले सो समबनधी समस्याको गांठो फुकाउन पहल गरेको छ । अशक्त अपांग भत्ता र एकल महिला भत्ता पाउंदै आएका केहि व्यक्तिहरु छुट्ने भएपछि ऐन संशोधन गृहमन्त्रालयले अघि बढाएकाे हाे ।