साउन भित्रै पार्टी एकता टुङ्ग्याउँछौ : माधव नेपाल

साउन भित्रै पार्टी एकता टुङ्ग्याउँछौ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् ।

चितवनमा आज भएको पत्रकारसँगको कुराकानीमा नेपालले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए ।

एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, “पार्टी्भित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।”

सरकारका काम कारवाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन ।” –रासस