काठमाण्डु – नेकपा एकीकृत समाजवादीले विभिन्न पाँच वटा विभाग गठन गरेको छ । माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न पाँच विभाग गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु समेत तोेकेको छ । बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।
संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।
शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया