काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधानका लागि भदौ २५ गते स्थायी कमिटी बैठक बोलाएको छ।
आलोकनगरस्थित केन्द्रीय कार्यालयमा हुने बैठकमा प्रदेश, जिल्ला र तल्लो तहका अधिवेशन, आन्तरिक विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
उनका अनुसार बैठकले समसामयिक राजनीतिक परिस्थिति, समाजवादी कार्यक्रम, संगठनात्मक अभियान र देशभर चलिरहेको सुशासन–रोजगारी–समृद्धि केन्द्रित अभियानको प्रभावकारिता समीक्षा गर्नेछ।
त्यस्तै, जनवर्गीय संगठनका कार्यप्रगति तथा महासचिव घनश्याम भुसाल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि छलफल गरी नयाँ चरणको कार्यक्रम तय गरिने छ।
बैठकले समाजवादी विचारधारा भएका दलबीच सहकार्य, वामपन्थी शक्तिबीच एकताको प्रस्ताव र समाजवादी मोर्चालाई थप सशक्त बनाउन रणनीति तय गर्ने जनाइएको छ।




प्रतिक्रिया