एकीकृत समाजवादीको बैठक सुरु, यस्ता छन एजेण्डा

एकीकृत समाजवादीको बैठक सुरु, यस्ता छन एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा केहि बेरअघिबाट सुरु भएको बैठक भोलिसम्म सञ्चालन हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ ।

सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । २३ फागुनको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।