यी हुन् महानगर र उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवार (सूची)

यी हुन् महानगर र उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवार (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले सोमबार गठबन्धनभित्र आफ्नो दलको भागमा परेका महानगर र उपमहानगरपालिकाका उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीले पोखरा महानगरको मेयरमा धनराज आचार्यलाई र काठमाण्डु महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, हेटौंडा उपमहानगरको प्रमुखका लागि मीना लामा, इटहरीको उपप्रमुखका लागि केशवकुमार विष्ट, बुटवलको उपप्रमुखका लागि चिनबहादुर गुरुङ र तुलसीपुरको उपप्रमुखका लागि जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

पाँच दलीय गठबन्धनभित्रका दलहरुबीच तालमेलको सहमति भएका स्थानमा सहमति अनुसारको उम्मेदवारी दिने र तालमेल नभएका सबै स्थानमा पार्टीको तर्फबाट छुट्टै उम्मेदवारी दिने एकीकृत समाजवादीले बताएको छ ।