एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधवार दिउँसो २ बजे बस्नेगरी बोलाइएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।

पार्टीको जारी संगठन विस्तार अभियानका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।

संगठन विस्तार अभियान अन्तर्गत एकीकृत समाजवादीले प्रदेश, जिल्ला र विभिन्न विभागहरूलाई पूर्णता दिइसकेको छ । त्यस्तै हालसम्म ५० प्रतिशत पालिका गठन गरेको छ भने वडा कमिटीहरू पनि धमाधम गठन भइरहेका छन् । नेता भुसालले संगठन विस्तारले छिटै पूर्णता पाउने बताए ।