काठमाण्डु – नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर आइतबार पदबहाली गरेका छन् । बिहीबारको मन्त्रिपरिषद्ले अर्याललाई मुख्यसचिवमा बढुवा गरेको थियो । शुक्रबार नियुक्ति पत्र लिएका अर्यालले आइतबार पदबहाली गरेका हुन् ।
अर्याललाई कार्यालयमा पुग्दा कर्मचारीहरूले फूलमालाले स्वागत गरेका थिए ।
यसअघिकी मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार अनिवार्य अवकाशमा गएपछि अर्यालले आज पदभार ग्रहण गरेका हुन् ।
अर्याल करिब १५ महिना मुख्यसचिव भएर काम गर्नेछन् । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०७६ सालमा सचिवमा बढुवा भएका थिए ।
चौंथो वरियतामा रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको राजनीतिक निकटताका कारण अर्याल मुख्यसचिव बनेका हुन् ।




प्रतिक्रिया