विवादमा तानिएपछि मन्त्री मियाको स्पष्टिकरणः मलाई झुक्याएर लात्भिया लगियो

विवादमा तानिएपछि मन्त्री मियाको स्पष्टिकरणः मलाई झुक्याएर लात्भिया लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा तथा खेलकुद मन्त्री एकवाल मियाले आफू एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री मियाले छिमेक सम्बन्ध, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सन्दर्भ तथा राष्ट्रिय नीतिसँग आफ्नो पूर्णतः सहमति रहेको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफूलाई त्यतिबेला झुक्याएर तिब्बतको कार्यक्रममा लगिएको बताएका छन् ।

‘म, नेपाल सरकारको निरन्तरको एक चीन नीतिप्रति स्पष्टता साथ प्रतिवद्ध छु । र, तिब्बत स्वशासित क्षेत्र चीनको अभिन्न अंग हो भन्नेमा स्पष्ट छु । हामी हाम्रा दुई छिमेकी भित्र राष्ट्रबीचको संवेदनशीलतालाई बुझ्छौं,’ उनले भनेका छन्, ‘हाम्रा छिमेक सम्बन्ध, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सन्दर्भ तथा राष्ट्रिय नीतिसँग मेरो पूर्णतः सहमति रहेको कुरा पुनः स्पष्ट पार्न चाहन्छु ।’

२०७६ सालमा लात्भियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभाागी भएका थिए ।