काठमाण्डु- राजनीतिक दलहरुले मानुपातिकतर्फको सूची सोमबारसम्म सच्याउन सक्नेछन् । निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण सोमबार दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको हो ।
जसअनुसार प्रतिनिधिसभाका लागि १ सय १० जना र ७ वटै प्रदेशसभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर आइतबार ७ दलले नामावली बुझाएका हुन् ।
प्रतिनिधिसभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।




प्रतिक्रिया