चितवन-२ को उपनिर्वाचका लागि दल दर्ताकाे आब्हान ,१६ फागनुसम्मको समयसीमा

चितवन-२ को उपनिर्वाचका लागि दल दर्ताकाे आब्हान ,१६ फागनुसम्मको समयसीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गईरहेको उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालिन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आब्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ।