कञ्चनपुर पुगेर बीना मगरले भोट खसालिन, चितवनमा २६ प्रतिशत मत खस्यो

कञ्चनपुर पुगेर बीना मगरले भोट खसालिन, चितवनमा २६ प्रतिशत मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छन् । मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन् ।

उनले पुनर्वास–३, कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर शनिबार बिहानै मतदान गरेकी छन् ।

मतदान पश्चात मन्त्री मगरले भोट दिनकै लागि गृहजिल्ला आएको बताइन । ‘म निर्वाचनकै लागि यहाँ आएको हुँ, ‘उनले भनिन्, ‘यस अघि पनि वडामा राम्रै काम भइरहेको थियो, अब पनि हुन्छ, भन्ने आशामा छु ।’

त्यस्तै चितवनमा २६ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेबाट सुरु मतदानमा १० बजेसम्म २६ प्रतिशत मत झरेको हो । जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जितेन्द्र वस्नेतले अहिलेसम्म २६ प्रतिशत मत खसेको दाबी गरे ।